पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो समय नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६१६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७१५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने ३० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : ६ श्रावण २०७८, बुधबार १७:०१