उत्पादनबृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिदैनः अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

उत्पादनबृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिदैनः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभामा बाल्दै अर्थमनत्री शर्माले उपभोकतावादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखेका हुँन ।

उत्पादनबृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उनको भनाइ छ । उहाँले कोरोनाका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए । त्यस्तै उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एशियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताए ।

त्यस्तै, उले मुलुकको बिकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे । नेपाल उद्योग परिसंघका अध्यक्ष सचिश कुमार मोरले कोरोना महामारीका कारण निजी क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित : ६ श्रावण २०७८, बुधबार १७:०८