मेगा बैंक १२औं बर्षमा प्रवेश, यस्ता छन् आगामी रणनीतिक योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मेगा बैंक १२औं बर्षमा प्रवेश, यस्ता छन् आगामी रणनीतिक योजना



काठमाडौं । मेगा बैंक नेपाल देशको २८ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक १२ वर्षमा प्रवेश गरेको छ । बैंकको चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब रुपैयाँ र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।

मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आँउदैछन ।

वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतका रुपमा अनुपमा खुञ्जेलीलाई मेगा बैंकले पाएको छ । शेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारी वर्ग र सरोकारवालाहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औं बार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् ।

बैंकले स्थापना कालदेखि नै आफ्नो नारामा हलोदेखि हाइड्रोसम्मको अभियानका साथ बैंक स्थापना गरेको थियो । राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा लगानी बढाउने नीति मेगा बैंकले लियो ।

‘युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेलेको बैंकको साधारणसभामा बताइएको थियो । मेगा बैंकको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रहेको र यो बीचमा बैंकले वित्तीय बजारमा छुटै पहिचान र ब्राण्ड बनाउन सफल भएको उनको भनाइ छ ।

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ्ग सेवा प्रदान गरिरहेको सिइओ खुञ्जेलीले बताइन् । मेगा बैंक नेपालले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो ।

प्रकाशित : ७ श्रावण २०७८, बिहीबार १८:१४