राष्ट्रिय सहकारी बैंक अर्ब पति क्लबमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय सहकारी बैंक अर्ब पति क्लबमा



काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा १ अर्ब ६६ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको चौंथो त्रैमासको अपरिश्कृत विवरण अनुसार गत त्रैमासमा बैंकले ६२ करोड २२ लाख नाफा कमाएको थियो । त्यस्तै बैंक गत वर्षको यसै त्रैमासमा ६८ करोड २८ लाखनाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ४७.४१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तलनामा यस वर्ष निस्कृय कर्जा भने बढेको छ । गत आर्थिक वर्षमा ०.७० रहेको बैंकको निष्कृय कर्जा १.३९ प्रतिशत पुगेको छ । २ अर्ब ८७ करोड रुपैयाँ सेयर पुँजी रहेको बैंकको १ अर्ब ५२ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।

पछिल्लो ३ वर्षमा बैंकको वासलात २२७ प्रतिशतले वृद्धि भएको छ । सेयर रकम १७६ प्रतिशत, कर्जा लगानी १९० प्रतिशत, बचत २३२ प्रतिशत र नाफा २१० प्रतिशतले बृद्धि भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए।

बैंकको कुल सम्पत्ती ७१ अर्ब ६८ करोड पुगेको छ । गत वर्ष बैंकको कुल सम्पत्ती ५० अर्ब ८९ करोड थियो । आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ सेयर सदस्य, २ अर्ब ५० करोड सेयर पुँजी, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार १२:५४