मुख्य समाचार

सहकारी नेतासंग अर्थमन्त्रीले राखे यस्तो माग



काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले सहकारीको पुँजी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाउन सहकारी अभियानतासंग माग गरेका छन् ।

अर्थमन्त्रीले सहकारीको लगानी गाडी, जग्गामा बढेको भन्दै सहकारीकर्मीहरुको उत्पादनशिल क्षेत्रमा जान सहकारी नेताहरुको प्रतिबद्धता माग गरेका हुन ।

शुक्रबार राष्ट्रिय सहकारी महासंघका प्रतिनिधीहरु संगको भेटमा उनले ७ खर्ब पुँजीमध्ये उत्पादनमा कति लगाउने गर्ने भन्ने विषयलाई सहकारी अभियानकै नेताहरुले ध्यान दिन जरुरी रहेको बताए ।

उनले सहकारीलाई नियमन गर्न छुट्टै संयन्त्र बनाउन आफु केन्द्रित भएको बताए । सो छलफलमा महासंघका अध्यक्ष मिनराज कँडेल लगायतका पदाधिकारीहरुको सहभागिता थियो ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार १७:१४