लक्ष्य भन्दा ३३ अर्ब कम राजस्व उठ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्य भन्दा ३३ अर्ब कम राजस्व उठ्ने



काठमाडौं । चालु आर्थिक वर्ष लक्ष्य भन्दा ३३ अर्ब कम राजस्व उठ्ने भएको छ । सरकारले चालु आर्थिक वर्ष ४ खर्ब २३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकामा भूकम्पका कारण लक्ष्य भन्दा ३३ अर्ब कम राजस्व उठ्ने भएको हो ।

उच्चस्तरीय कर प्रणाली पनुरावलोकन आयोगले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले भूकम्पका कारण सेवा क्षेत्रमा पुगेको क्षति तथा राहत सामाग्रीको आयातमा गरिएको भन्सार छुटका कारण ३ अर्ब ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने अवस्था नरहेको बताए।

भूकम्पका कारण आउँदो आर्थिक वर्षको राजस्व संकलन पनि प्रभावित हुने भएको छ । विभागका महानिर्देशक शर्माले आउँदो आर्थिक वर्ष ४ खर्ब ६० अर्ब रुपैयाँ मात्र राजस्व संकलन हुने प्रक्षेपण गरिएको बताए । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ५ खर्ब १३ अर्ब राजस्व उठाउने लक्ष्य सहित बजेट निर्माणको काम अगाडि बढाएको थियो ।

प्रकाशित : २५ जेष्ठ २०७२, सोमबार १६:३२