युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा



काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा साउन ३१ गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको वार्षिका साधारण सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । त्यस्तै, सभामा लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७–७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन २० गतेका दिनदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता भाग लिन पाउनेछन् ।

प्रकाशित : १० श्रावण २०७८, आईतवार १४:४१