शेयर बजारमा ५४.३१ अंकको बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शेयर बजारमा ५४.३१ अंकको बृद्धि



काठमाडाै । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । आज नेप्से १.८१ प्रतिशतले बढेको हो । गते जेठ ३१ गते नेप्से ३०२५ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।

आज कूल २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम पनि लामो समयपछि १४ अर्बको बिन्दुमा पुगेको हो । जेठ ३० गते आइतबार सेयरमा बजारमा १९ अर्ब ५५ करोडको कारोबार भई नयाँ रेकर्ड बनेको थियो ।

आज कूल १३ वटा उपसमूहमध्ये ११ समूहको सेयरमूल्य बढेको छ भने बाँकि २ कम्पनीको सेयर घटेको छ । आज बैंकिङ्ग समूहको सेयरमूल्य सबैभन्दा बढी वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि जेठ ३१ गते ३०२६ अंक नजिक पुगेको थियो ।

आइतबार नेप्से परिसूचकमा नयाँ रेकर्ड बनाएपनि कारोबारमा भने बनाउन सकेको छैन् । आइतबार दिनभरिमा २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार कित्ता सेयर १ लाख ३९ हजार पटक किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाको कारोबार भएको छ ।

आइतबार बैंकिङ समूह ७१.१३ अंक, डेभलपमेन्ट बैंक समूह १३ अंक, फाइनान्स समूह २४.८६ अंक, हाइड्रो पावर समूह ७१.६० अंक, इन्भेष्टमेन्ट समूह ०.०४ अंक, जीवन बीमा समूह ३४.७२ अंक, म्यानुफ्याक्ट्रचरिङ समूह ६५.४२ अंक, माइक्रोफाइनान्स समूह ८६.०४ अंक, निर्जीवन बीमा समूह ४८.४२ अंक, अन्य समूह ६ अंक र ट्रेडिङ समूह २.७१ अंकले बढेको छ । त्यस्तै होटल तथा पर्यटन समूह २५.७७ अंक र म्यचुअल फण्ड समूह ०.२४ अंकले घटेको छ ।

प्रकाशित : १० श्रावण २०७८, आईतवार १५:५२