सहकारीलाई विवरण बुझाउन ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीलाई विवरण बुझाउन ताकेता



काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता गरेको छ । कार्यालयले सूचना प्रकाशन गरी लेखा परिक्षण सहितको बार्षिक प्रतिवेदन कार्यालयमै आएर बुझाउन भनेको छ ।

सूचनामा संस्थाहरुले ढिलोगरी इमेल मार्फत विवरण पठाएकोले बार्षिक प्रतिवेदन पठाउनेको लिष्टमा समावेस भएतापनि प्रतिवेदन प्राप्त हुन बाँकी रहेकोले यथाशिघ्र बुझाउन अनुरोध गरेको छ ।

सूचनामा झापा, मोरङ, तेह्रथुम, पाँचथरका १७ वटा सहकारीको नाम सार्वजनिक गरेको छ । प्रतिवेदन नबुझाउनेमा झापाका ९ वटा संस्था रहेका छन् ।

त्यसैगरी मोरङका ५ वटा संस्था रहेका छन् भने तेह्रथुमको १ वटा र पाँचथरका २ वटा संस्था रहेका छन् । कार्यालयले जरिवाना तिरेर कार्यालयमा संस्थाको बार्षिक विवरण बुझाउन सकिने जनाएको छ । कार्यालयका रजिष्ट्रार बलराम निरौलाले हस्ताक्षर गर को सूचनामा ती संस्थालाई ‘यथाशिघ्र कार्यालयमा सम्पर्क राखी तोकीएको जरिवाना तिरेर सक्कल प्रतिवेदन बुझाउन’ भनिएको छ ।

प्रकाशित : १० श्रावण २०७८, आईतवार १६:१७