सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने



सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस (कोभिड–१९) महामारीले सिर्जना गरेको असहज परिस्थितिका कारण सबै सहकारीलाई प्रतिनिधिमूलक साधारण सभा गर्न दिने निर्णय गरेको हो ।

कार्यालयले एक सूचना प्रकाशित गरेर ‘सबै सदस्यहरु भेला भई एक ठाउँमा साधारण सभा सम्पन्न गर्ने अवस्था नरहेको तथा साधारण सभा पनि समयमा सम्पन्न गर्नुपर्ने अवस्था रहेकोमा सदस्यको सहभागिता र सर्वोच्चता कायम रहनेगरी तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर प्रतिनिधिमूलक साधारण सभा गर्न’ स्वीकृति दिएको छ ।

प्रकाशित : १० श्रावण २०७८, आईतवार १६:४४