Feature News

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज



काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । तर होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ ।

प्रकाशित : १० श्रावण २०७८, आईतवार १७:१२