वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता



काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुराेध गरेकाे छ ।


नेप्सेले एक सूचना प्रकाशन गर्दै धितोपत्र सूचीकृत विनियमावली, २०७५ काे विनियम ११ बमाेजिम सूचीकृत कम्पनीहरूकाे प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासिक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन अनुरोध गरेको हो ।

सूचीकृत कम्पनीहरूले साउन १७ गते, आइतबार कार्यलय समयभित्र आवश्यक विवरण पठाउनु पर्नेछ । विवरणहरू [email protected] मा इमेल गर्नुपर्छ ।

प्रकाशित : ११ श्रावण २०७८, सोमबार १३:४०