आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने ७ लाख ५७ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट यो लाभांश वितरण गरेको हो ।

कम्पनीले बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पनि गरेको छ । बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने छ ।

प्रकाशित : ११ श्रावण २०७८, सोमबार १४:२४