ब्रोकर कमिशन घटाउने निर्णयः सेयर बजार हरियो, अस्थिर राजनीतिले डगमगाएनन् लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ब्रोकर कमिशन घटाउने निर्णयः सेयर बजार हरियो, अस्थिर राजनीतिले डगमगाएनन् लगानीकर्ता



stockकाठमाडौं ५ साउन । अस्थिर राजनीतिले अन्योलमा परेको सेयर बजारलाई बिहीबार ब्रोकर कमिशन घटाउने निर्णयले राहत दिएको छ। ब्रोकर कमिशन ४० प्रतिशतसम्म घटाउने निर्णयका कारण बिहीबार सेयर बजारमा अस्थिर राजनीतिको छाँया परेन । नेप्से परिसूचक बिहीबार ११.९९ बढेर १७९८.८३ विन्दुमा पुगेको छ । एक अर्ब ४८ करोडको सेयर कारोबार भएको छ।
अविश्वासको प्रस्ताव पेस गर्नुपर्ने र रोक्ने विवादसँगै सत्तारुढ दल र विपक्षीबीच उत्पन्न तनावबीच पनि सेयर बजार बिहीबार हरियो भएको छ । सरकार परिवर्तनको खेलसँगै विकसित राजनीतिक अन्योलले बुधबार लगानीकर्ता केही सचेत देखिएका थिए।
बिहीबार पनि बढी कारोबार हुनेमा बैंकहरु अगाडि छन् । बिहीबार पनि सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको भएको छ । बुधबार झन्डै चालिस करोड कारोबार भएको यो बैंकको बिहीबार १२ करोडभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ६ श्रावण २०७३, बिहीबार १५:५७