Feature News

चन्द्रागिरि साकोसका सदस्यले पाउने भए यस्तो सुविधा



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानी संस्थाबाट नै भुक्तानी गर्न सक्ने भएका छन् । संस्थाले यस्तो सेवाको लागि कार्यालयमा छु्ट्टै स्मार्ट काउन्टरको स्थापना गरि सेवा दिने भएको हो । सेवा सञ्चालनको लागि स्मार्ट सर्भिस इन प्रा. लि. र चन्द्रागिरि साकोस बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब चन्द्रागिरि साकोसकै कार्यालयबाट हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । ‘व्यस्त दैनिकीका कारण कयौं व्यक्तिहरुले समयमै सवारी कर भुक्तानी तथा ब्लुबुक नविकरण नर्गदा जरिवानामा हुन्छन्’, उनले भने , ‘त्यस परिस्थितिमा सदस्यहरुको सहजताको लागि यो सेवाको विकास गरिएको हो ।’

सदस्यहरुको सेवामा चन्दागिरि सधैं सर्मपित रहेको र सोही अनुरुप सदस्यको सहजताको लागि नयाँ सेवा सुरु गरेको श्रेष्ठको भनाई छ ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलवार १८:२४