निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६८ लाख ९३ हजार ७७८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सिंह, पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंलगायत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सो राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ ।

ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले आज मुद्दा दायर गरेको हो ।

आयोगले आयोजनाका तत्कालीन इञ्जिनीयर दीपककुमार खड्का, तत्कालीन सवइञ्जिनीयर गजेन्द्रप्रसाद राउत र तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँलविरुद्ध समान बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रकाशित : १३ श्रावण २०७८, बुधबार ११:१९