सेयर बजारको उकालो यात्रा कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारको उकालो यात्रा कायमै



काठमाडाैं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५ विन्दुमा पुगेको छ । बुधबार बजार १५ दशमबल ३० अंकले बढेर शेयर नेप्से ३ हजार ९५ दशमलब ९४ विन्दुमा पुगेको छ ।

बुधबार १३ अर्ब २९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।

यसअघि हिजो (मंगलबार) मात्र सेयर बजारले नयाँ रेकर्ड राखेको थियो । मंगलबार नेप्से अंकले २९.२४ बढेर नेप्से परिसूचक बढेर ३०७९.६७ बिन्दुमा पुगेको थियो ।

आज कूल २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कूल १३ वटा उपसमूहमध्ये ९ समूहको सेयरमूल्य बढेको छ भने बाँकि ४ कम्पनीको सेयर घटेको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

प्रकाशित : १३ श्रावण २०७८, बुधबार १५:४३