एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११९८ रुपैयाँ १८ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३ सय १८ रुपैयाँ थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै कम्पनीको मूल्य समायोजन भएको हो । साउन १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले साउन २१ गते बिहान १० बजे भर्चुअल माध्यमबाट गर्ने गरि सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट हाल काम चुक्ता पुंजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सयको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३ सय ९७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा सोहि अनुसार गर्ने जिम्मा संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

प्रकाशित : १४ श्रावण २०७८, बिहीबार १३:३९