मधु मरासिनीलाई अर्थ सचिवको जिम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

मधु मरासिनीलाई अर्थ सचिवको जिम्मा



काठमाडाैं । सरकारले अर्थ सचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमा पठाउँदै मन्त्रिपरिषद बैठकले अर्थसचिव रहेका शिशिर कुमार ढंगानालाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिईएको हो ।

साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले ३ सचिवहरुको सरुवा गर्दै राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएका हुँन ।

प्रकाशित : १७ श्रावण २०७८, आईतवार १३:०८