मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने



काठमाडाैं । मनकामना स्मार्ट लघुवित्तको भोलिदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ । आज नेप्सेमा शेयर सूचीकृत भएसँगै सोमबारदेखि कारोबारमा आउने भएको हो । आज कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि कारोबार संकेत (सिम्बोल) पाएको छ । सोमबारबाट यहि कारोबार संकेतमा लघुवित्तको कारोबार खुल्नेछ ।


नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित : १७ श्रावण २०७८, आईतवार १५:१९