सर्वाेत्तमकाे सेयर खरिद प्रकरणः अख्तियारले थाल्यो अनुसन्धान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सर्वाेत्तमकाे सेयर खरिद प्रकरणः अख्तियारले थाल्यो अनुसन्धान



काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान सुरू गरेकाे छ ।

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना पनि कानून विपरित सर्वाेत्तम सिमेन्टकाे सेयर खरिदमा संलग्न भएकाे विषयमा अख्तियारले पनि अनुसन्धान सुरु गरेको हो ।

अख्तियारले बोर्डका अध्यक्ष ढुङ्गानासँग बुक बिल्डङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजातहरु बोर्डसँग माग गरेको छ । अख्तियारले कागजातहरु प्राप्त भएपछि आरोपित सबैलाई बयानका लागि बोलाइन्छ ।

यही विषयमा आइतबार अख्तियारमा केही लगानीकर्ताहरुले लिखित उजुरी समेत हालेका छन् ।

सर्वाेत्तमकाे सेयर खरिद प्रकरणमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक चन्द्र ढकाल जाेडिएका छन् ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले पनि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक चन्द्र ढकाललाई निलम्बन गर्न माग गरेको छ ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरब विष्टले विज्ञप्ति जारी गर्दै बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

प्रकाशित : १७ श्रावण २०७८, आईतवार १५:२८