अवैधरुपमा कोरिया बसेका फिर्ता भए फेरि जान पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अवैधरुपमा कोरिया बसेका फिर्ता भए फेरि जान पाउने



काठमाडौं६ साउन। कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ । अवैध कामदारको संख्या हृवात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो ।

सेप्टेम्बरसम्म फर्किने अवैध कामदारलाई पुनः कोरिया जान पाउने छुट समेत दिइएको छ ।

यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो । फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ । आजको अन्नपूर्णमा समाचार छ ।

दक्षिण कोरियाले अर्वध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो । अब कोरियामा गैरकानुनी रुपमा बसिरहेका नेपाली कामदार फर्किएर केह सियम नेपालमा बसेपछि फेरि त्यहाँ जान पाउनेछन् । नयाँ कामदारसरह परीक्षामा समालेल भई सबै प्रक्रिया पूरा गरेर जान पाउने बाटो खुला भएको हो ।

कोरियाले वैधानिक प्रक्रियाबाट फर्किएका कामदारलाई कम्प्युटरमा आधारित विशेष परीक्षा लिएर फास्ट ट्रयाक प्रक्रियाबाट पुन लिने गरेको छ ।

अवैध कामदारले यो फास्ट ट्रयाक विधि प्रयोग गर्न पाउने वा नपाउने भन्ने चाहिँ कोरियाले अहिलेसँा कुने औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित : ७ श्रावण २०७३, शुक्रबार ०३:२२