नेप्सेमा पाँच कम्पनीको बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

नेप्सेमा पाँच कम्पनीको बोनस सेयर सूचीकृत



काठमाडौं । पाँच कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा शुक्रवार सूचीकृत भएको छ ।

नाडेप लघुवित्त वित्तीय संस्था,प्रुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त वित्तीय संस्था ,फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५ दशमलव ६० कित्ता,मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९ दशमलव ०१ कित्ता,फरवार्ड लघुवित्तको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ दशमलव शून्य ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ती पाँच ओटै कम्पनीको बोनस शेयर आइतवारदेखि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नाडेप लघुवित्तले गत वर्षको असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ८ प्रतिशत बोनस शेयर,फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर र रिलायन्स फाइनान्सले वैशाख २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार १२:४९