सिटिजन्स बैंक पनि अर्बपतिको सूचीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंक पनि अर्बपतिको सूचीमा



citizen-bank-limitedकाठमाडाै । सिटिजन्स बैंक पनि अर्बपतिको सूचीमा छिरेको छ ।
 शुक्रबार सार्वजनिक अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७२–७३ मा सिटिजन्स बैंकले एक अर्ब आठ करोड ९९ लाख १४ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आवको भन्दा ३६ करोड ९६ लाख पाँच हजार रूपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले जम्मा ७२ करोड तीन लाख नौ हजार रूपैयाँ खुद नाफा  कमाएको थियो ।
तीन अर्ब ६५ करोड ६ लाख ४० हजार रूपैयाँ चुक्ता पुँजी रहेको यो बैंकको रिजर्भ कोषमा एक अर्ब ७२ करोड १९ लाख ६८ हजार रूपैयाँ जम्मा भइसकेको छ । बैंकले रिभर्ज कोषलाई पनि क्रमशः दरिलो बनाउँदै लगेको देखिन्छ ।
४७ अर्ब ३९ करोड ३५ लाख एक हजार रूपैयाँ निक्षेप संकलन गर्दा ४० अर्ब ५६ करोड ७२ लाख ७७ हजार रूपैयाँ कर्जा प्रवाह गर्न बैंक सफल भएको छ ।
बैंकले डलर कारोबारबाट पनि राम्रै आम्दानी गरेको छ । गएको आर्थिक वर्षमा डलर कारोबारबाट मात्रै १४ करोड ३२ लाख ९४ हजार रूपैयाँ कमाई भएको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
सम्भावित जोखिमबापत ३२ करोड ५७ लाख ८९ हजार रूपैयाँ छुट्याएको यो बैंकले ४३ करोड १७ लाख ३९ हजार रूपैयाँ राइट ब्याक गरेको छ ।
सिटिजन्सको प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.१२ पैसा छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार यो बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउन प्रायः सबै किसिमका रणनीति अवलम्बन गरिरहेको छ । फाइनान्स कम्पनीहरूलाई एक्वायर गर्नेक्रम जारी छ भने लगानीकर्तालाई आकर्षक बोनस सेयर पनि दिएको छ ।
अहिले सिटिजन्सले ५५ प्रतिशत हकप्रद सेयर बिक्री गरिरहेको छ ।

प्रकाशित : ९ श्रावण २०७३, आईतवार ०२:५१