उदाहरण बन्दै आत्मनिर्भर साकोस , सदस्यको उत्थानमा लघुवित्त मोडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

उदाहरण बन्दै आत्मनिर्भर साकोस , सदस्यको उत्थानमा लघुवित्त मोडेल



सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई लघुवित्त मोडेलमा आत्मनिर्भर बनाउन क्रियाशील भएको छ ।

२०५५ सालमा स्थापना भएको सहकारीसुरुमा २८ जनाले एक हजार सेयर र एक हजार प्रवेश शुल्क तिरेर संस्था गठन भएको थियो । मासिक सय रुपैयाँ बचत हुन्थ्यो । अहिले संस्थाले १९ करोड २० लाख बचत संकलन गरेको छ ।

सहकारीले २०६४ पछि एक गाविसबाट कार्यक्षेत्र विस्तार गरी ५ गाविसबाट काम थालेको सहकारीले लघुवित्त मोडेलमा आफ्ना सदस्यलाई ऋण दिएर उद्यमी बनाउँदै आएको छ । सहकारीले बचत ऋण कारोबार सँगै केन्द्रीय बचत तथा ऋण सहकारी संस्था नेफस्कुन सँगको प्राविधिक सहयोगमा लघु वित्त कार्यक्रम समेत सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष नवराज सुवेदीले जानकारी दिए ।

घुम्ती कोषमार्फत सदस्यको उत्थान

संस्थाले गर्जो टार्न मात्र सदस्यलाई ऋण नदिएर व्यवसायिक योजनामा ऋणमा फोकस गरेको संस्थाका अध्यक्ष नवराज सुवेदी बताउँछन् । ७ लाख भन्दा बढी ऋण दिन नसकेको र सो भन्दा माथी माग हुन आए बैंकमा जान सहयोग गर्दै आएको सुवेदीले बताए ।

प्रबन्धक बि पी प्याकुरेलका अनुसार केही सदस्य ऋण लिएर वैदेशिक रोजगारीमा गएका छन् । फर्केकाहरु कृषि कर्ममा रमाउन थालेका छन, सहकारीले उनिहरुलाई ऋण दिएर व्यवसायीक बन्न सहयोग गरेको छ , उनले भने ।

सहकारीले आगामी वर्षदेखि विद्युतीय कारोबार मार्फत सहकारीलाई प्रविधि मैत्री बनाउने योजना रहेको सहकारीले जानकारी दिएको छ । सबै कारोबार सफटवेयर मार्फत गर्दे आएको सहकारीले छुट्टै एप्स समेत सञ्चालनको तयारी गरेको छ ।

स्थानीयले आफुले दुःख गरेर आर्जन गरेको थोरै रकम समेत गाउँमा नै बचत गर्ने बानीको विकास भएको प्रबन्धक प्याकुरेलले बताए । केही दुःख पर्दा आर्थिक समस्या हुन साथ सदस्य ज्युहरु सहकारीमा नै आउनु हुन्छ प्रबन्धक प्याकुरेलले भने–बाख्रा कुखुरा बिक्री गरेर केही आर्जन भयो भने त्यो पनि सहकारीमा नै जम्मा गर्न आउनु हुन्छ ।

संस्थाको विकासमा गाउपालिका साझेदार

सहकारीले सहुलियत कर्जा दिएर सदस्यलाई जीवनस्तर उकास्न सघाउ पु¥याइरहेको छ । कृषिको व्यावसायिकता बढाउदै सदस्यको हित गरिरहेको संस्थाले जनाएको छ । संस्थाको विकासका लागि सुनकोशी गाउपालिकाले सहयोग गर्दै आएको अध्यक्ष सुवेदीले बताए ।

संस्थाका २ हजार ५ सय १८ सदस्य छन् । संस्थाको सेयर पुँजी ६२ लाख ६८ हजार ६ सय पुगेको छ । संस्थाले १९ करोड २० लाख बचत संकलन गरी १७ करोड ६५ लाख कर्जा प्रवाह गरेको छ । संस्थाले ४७ वटा समूह बनाएर लघुवित्त मोडेलमा सदस्यलाई ऋण दिइरहेको छ ।

सुनकोशी गाउँपालिका वडा नम्बर ६ मा थुम्पाखरमा एक घर एक सदस्य अभियान सञ्चालन गरेको छ । सहकारीले बचत, बीमा, रेमिट्यान्स पनि काम गर्दै आएको छ । आत्मनिर्भरले सिन्धुपाल्चोककै नमुना सहकारीको रुपमा उत्कृष्ट कारोबार गर्दै आएको छ ।

प्रकाशित : २५ श्रावण २०७८, सोमबार १७:५५