खानीखोलाको आइपीओ बाँडफाँड साउन ११ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खानीखोलाको आइपीओ बाँडफाँड साउन ११ गते



IPOs1काठमाडाै । खानी खोला हाइड्रोपावर कम्पनीले इनिसियल पब्लिक अफरिङ(आइपीओ)  बाँडफाँडको काम आगामी साउन ११ गते गर्ने भएको छ ।  काठमाडौको कमलादिमा रहेको सिभिल क्यापिटल मार्केट्स परिसरमा यो कम्पनीको आइपीओ सम्बन्धी सम्पूर्ण निर्णय तथा बाँडफाँडको बिषय समेत साउन ११ गते नै टुङ्ग्याइनेछ । खानी खोला हाइड्रोपावर कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर आइपीओ गर्ने योजनाअनुसार आवेदन मागेको थियो । १ सय रुपैयाँ अंकित मूल्यको कुल ९ करोड ३१ लाखको सेयरमा आवेदन भने मागभन्दा ७३ गुणा बढी परेको आइपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमीटेडले जनाएको छ ।

सिभिल क्यापिटलका एक अधिकारीका अनुसार माग भएको कुल ९ करोड ३१ लाख रुपैयाँको आइपीओका लागि १ लाख ३५ हजार आवेदकहरुले निवेदन दिएका छन् । सबै गरी करिब ७ अर्ब रुपैयाँ बराबरको आवेदन परेको हो । इच्छुकहरुले न्यूनतम १० देखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो । यो कम्पनीले १८ हजार ६ सय २९ कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ४६ हजार ५ सय ७१ कित्ता सेयर म्यूचुअल फण्डवाला ८ कम्पनी र ८ लाख ६६ हजार २ सय २९ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

यो कम्पनीको अधिकृत र जारी पूँजी क्रमशः ५० करोड र ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ । यो कम्पनीको चुक्तापूँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँडपछि कम्पनीमा संस्थापक आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ७० : १० : २० हुने बताइएको छ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड ४ प्लस’को रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : ९ श्रावण २०७३, आईतवार ०४:५८