एन.बि इन्स्योेरेन्सको १०ः८ हकप्रद शेयर साउन २३ गते देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एन.बि इन्स्योेरेन्सको १०ः८ हकप्रद शेयर साउन २३ गते देखि



काठमाडौं  १० साउन । एन.बि इन्स्योरेन्सले १० बराबर ८ (१०ः८) अनुपातमा हकप्रद शेयर साउन २३ गते देखि भदौ २६ गते सम्म निष्काशन गर्दैछ । कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अंकित दरको १२ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । दोस्रो बजारमा आइतवार रू. ८७ दशमलब ७२ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू. १ सय अकिंत दरमा खरिद गर्न पाइने छ ।
NB_7_24_2016_3_23_31
कम्पनीको साउन ५ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व रहने शेयरधनी हुनेले आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड अथवा एनबि इन्स्योरेन्सका विभिन्न शाखाहरुबाट दरखास्त फारम उपलब्ध हुने बैङ्कले प्रकाशित गरेको सुचना मार्फत जानकारी गराएको छ । इक्रा नेपालले एन.बि इन्स्योरेन्सको हकप्रद शेयरलाई ग्रेड ४ रेटिङ्ग गरेको छ । यसले कम्पनीको हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ । कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा रेटिङ प्रदान गरिएको हुन्छ ।
हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी रू. २७ करोड पुग्नेछ । कम्पनीले आव ०७३÷७४ मा खुद मुनाफा रू. ६ करोड ६१ लाख पुग्ने प्रक्षेपण गरेको छ । कम्पनीको गत आवको तेस्रो क्रैमासमा खुद मुनाफा रू. २ करोड २० लाख रहेको छ । त्यसैगरी तेस्रो त्रैमासमा प्रति शेयर नेटवर्थ रू. ७२ दशमलव ८९ र प्रति शेयर आम्दानी रू. १२ रहेको छ ।

प्रकाशित : १० श्रावण २०७३, सोमबार ०३:१६