मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग



काठमाडाैं । नेपालको पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्त कर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि. ले आगलागीबाट पीडित एक टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ ।

चितवनको राप्ती नगरपालिका–५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो । टेक्निसियन झाको घरमा एक हप्ता अगाडि विद्युत सट भई आगलागी हुँदा पूर्ण क्षति भएको थियो ।

आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ । घर आगलागीको जानकारी पाएपछि कम्पनीले स्थलगत निरीक्षण गरि ‘मंगलम पाइप्स टेक्नीसियनको साथ’ भन्ने नारा अन्तर्गत मंगलम इन्डष्ट्रिज तथा कम्पनीको तर्फबाट राहत स्वरूप उक्त रकम सहयोग गरेको हो ।

सहयोग रकम कम्पनीका क्षेत्रीय अफिसर सुवास क्षेत्री र मंगलम पाइप्स पूर्वी चितवन, मकवानपुरको आधिकारिक डिस्ट्रीब्यूटर आरम्भ सप्लायर्स एण्ड सेनेटरीको संचालक रमेश उप्रेतीको उपस्थितिमा प्रदान गरिएको थियो।

प्रकाशित : २८ श्रावण २०७८, बिहीबार १७:३९