सहकारीलाई अर्थमन्त्रीको सुझावः कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

सहकारीलाई अर्थमन्त्रीको सुझावः कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुहोस्



काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाको लगानी गाडी, घर जग्गामा यदी छ भने त्यस्ता सहकारीको काम नभएको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३४ औं स्थापना दिवसको अवसमा आयोजिक कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारीको लगानी उत्पादन मुलक क्षेत्रमा, गरिबी निवारण र राष्ट्र निमार्णमा हुनुपर्ने बताए ।

‘कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुहोस्’, उनले भने ,‘गरिबी निवारणमा सहकारीको भूमिका हुनुपर्छ । यस्ता क्षेत्रमा सहकारीको लगानी हुनुपर्छ । यदी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्ने सहकारीको काम छैन ।’

सहकारी व्यक्ती विशेषभन्दा पनि आम जनताको बीचमा हुनुपर्ने समेत उनको भनाई थियो ।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोधे “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।” उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार १०:३०