कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठिबास लगाएका छन, नेफ्स्कुनको ध्यान जाओस: अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठिबास लगाएका छन, नेफ्स्कुनको ध्यान जाओस: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको भन्दै त्यसलाई घटाउनुपर्ने बताएका छन् । कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठिबास लगाएका घटना देखिएकाले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को ३४औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेकाले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्ने बताए । उनले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह पनि गरेका छन् ।

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूलाई आग्रह गरे ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार १४:२७