आँखुखोलाले २० लाख कित्ता शेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आँखुखोलाले २० लाख कित्ता शेयर जारी गर्ने



IPOs1काठमाडौं, ११ साउन  । आँखुखोलाले २० लाख कित्ता (२० करोड) रुपैयाँको शेयर जारी गर्ने भएको छ । कम्पनीले यसको लागि इक्रा नेपालबाट रेटिङ गराएसकेको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

प्रतिशेयर १०० रुपैयाँ रहने यि कूल शेयरहरुमध्ये ८ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइने भएको छ । बाँकी रहेको शेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् । कम्पनीले धादिङको सल्यानकोट र मार्पाक गाविसमा ८.४ मेघावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले बैंक कर्जा घटाउन आईपिओ जारी गर्न लागेको हो । आईपिओबाट उठेको रकममध्ये ८० प्रतिशत कर्जा तिर्नको लागि प्रयोग गरिने भएको छ । कम्पनीको यो आयोजना तोकिएको मितिभन्दा १८ महिना ढिलो सञ्चालन भएको थियो । सन् २०१२ फेब्रुअरीमा सञ्चालन हुनुपर्ने यो आयोजना सन् २०१३ को अगष्टबाट सञ्चालनमा आएको हो । यो आयोजनाको निर्माण लागतपनि उच्च रहेको छ । प्रतिमेघावाट विद्युत उत्पादनको लागि २८ करोड १० लाख रुपैयाँ लागत लागेको थियो । आयोजनाको कूल लागत २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । सम्झौता अनुसार आयोजनाको पावर लोड फ्याक्टर  ६३ प्रतिशत हुनुपर्नेमा यसभन्दा कममात्रै भइरहेको देखिन्छ । यसलेपनि कम्पनीको आम्दनी घटाएको देखिन्छ ।

२०१५ मा कम्पनी ७ करोड ७० लाख नोक्सानमा रहेको ईक्रा नेपालले उल्लेख गरेको छ । कर्जाको व्याजदर भुक्तानीले नाफामा प्रभाव पारेको हो । कम्पनीबाट उत्पादन हुने विद्युत हाल सुख्खा यामको लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खा यामको लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा हुने गरि पछिल्लो विद्युत खरिद सम्झौता भएको छ । यो दर केही वर्षसम्म वार्षिक रुपमा ३ प्रतिशतको दरले वृद्धि हुने छ ।

प्रकाशित : ११ श्रावण २०७३, मंगलवार ०२:५९