सेयर बजार घटेको बेला लगानीकर्ताले यी काम नगरेकै राम्रो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

सेयर बजार घटेको बेला लगानीकर्ताले यी काम नगरेकै राम्रो



विभिन्न कारणले गर्दा शेयर बजारमा गिरावट आउने क्रम चलिनै रहन्छ । अचानक हुने शेयर बजारको गिरावटका कारण लगानी कर्ता चिन्तित बन्ने गर्छन । तर जब शेयर बजारमा गिरावट आउन थाल्छ यी पाँच बिषयमा तपाइ अडिक रहेर बस्न सक्नु नै बुद्धिमानी देखिन्छ ।

हडबडाहटमा शेयर नबेच्नुस

मुल समस्या भनेको नै यही हो । कति पय व्यक्ती शेयर बजारको उतार चढावका सहि पूर्वानुमान लगाउन सक्दैनन् । अन्तिममा शेयर बजारमा गिरावट अाउन शुरु हुन्छ अनि शेयर धमाधम बिक्रि गर्न थाल्छन । तर यो गलत कदम हो । तपाईले अबस्थालाई बुझे बिनानै हतारमा शेयर बेच्न हुदैन ।

गिरावट आएका कम्पनीमा धेरै लगानी नगर्नुस्

एउटा त्यस्तो गल्ती जो लगानीकर्ता हरेक क्षण गर्छन । शेयर बजार निरन्तर घटेको बेला गिरावट अाएकै कम्पनीहरु धेरै किन्ने गर्छन । किन भने यस्ता तिब्र रुपमा गिरावट अाउने कम्पनीको शेयर किन्नु भन्दा अगाडी यसको अवस्थाको समेत ख्याल हुन अावश्यक छ । कुनै बेला राम्रो मानिएको कम्पनीको शेयर गिरावट अाएकै बेलामा हतपत खरिद गर्नाले तपाइले धेरै नोक्सान पनि बेहोर्न पर्ने हुन्छ । किनकी निरन्तर घट्ने शेयरको भविष्य के हुन्छ भन्न कसैले सक्दैन ।

भविष्यवाणी र विकल्पबाट जोगिनुस्

जब मुल्य तिब्र गतिमा घट्छ तब साना लगानी कर्ताले यो कुरा ध्यानमा राख्न अावश्यक छ कि उनिहरुले कुनै पनि भविष्यवाणीको चक्करमा पर्नु हुँदैन र यसको दोस्रो विकल्प देखाउनेहरुसंग पनि जोगिनु अावश्यक छ । किन भने के गर्ने भन्ने दुविधाजनक समयमा धेरैनै जोखिम रहन्छ ।

प्रतिक्षा गर्नुस जब सम्म समस्या सेटल हुदैन

प्रायः मानिसहरुले शेयर बजार गिरावटको बेलामा यो शेयर खरिद गर यो बेच भन्ने सल्लाह दिइनै रहेका हुन्छन । गिरावटको यस्तो समयमा तपाईले पनि सोच्नु हुन्छ के गर्ने ? यस्तो समयमा तपाईले केही नगरि बस्दा नै राम्रो हुन्छ । बजारले साना लगानीकर्तालाई लगानी गर्न धेरै नै अवसरहरु दिएको हुन्छ । जब तपाइ लामो अवधीको लागि शेयर बजारमा लगानी गर्नु भएको छ । त्यस कारण साना लगानी कर्ताले शान्ति संग पर्खिनुसकी त्यो समय अाउछ । जुन समय हो बजार अनिश्चत समयबाट गुज्रेर पूर्व स्थितीमा अाउछ ।

हतारले पछुतो

तपाईसंग कुनै कम्पनीको शेयर छ केही दिनदेखि निरन्तर गिरावटमा छ । हतासमा अाएर बेच्ने मुडमा हुनुहुन्छ भने एक पटक सोच्नुस । यदि मार्केट अचानक यू टर्न भयो भने तपाइले बेचेको शेयर तपाईको नोक्सानीको अाधार बन्न सक्छ ।

प्रकाशित : ३ भाद्र २०७८, बिहीबार ०६:३२