उकालो लाग्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उकालो लाग्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।

सोमबार पनि सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार एक सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज बढेर तोलामा १२०० कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलवार ११:०५