यस्तो छ बजाजको दशैँ अफर, ३ पटक खुसीको डोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ बजाजको दशैँ अफर, ३ पटक खुसीको डोज



काठमाडाैं । दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज खुसी को ३ डोज” योजना सार्वजनिक गरेको छ । दशैंको समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्ने योजना लाय्येक्प जनाएको हो ।

जस अनुसार बजाजले “बजाज खुसी को ३ डोज” अभियान ल्याएको हो । कम्पनीका अनुसार ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले,, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००÷– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १,००,०००÷– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १०,००,०००÷– को नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

यस अफर घोषणा गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए । उनले भने ‘ बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले “बजाज खुसी को ३ डोज” अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागी समर्पित रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् । ‘

प्रकाशित : ९ भाद्र २०७८, बुधबार ०८:१३