पोखरा रोयल साकोसका सदस्यलाई क्यू आर कोड हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोखरा रोयल साकोसका सदस्यलाई क्यू आर कोड हस्तान्तरण



कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले गत साताबाट सुरु गरेको क्यू आर कोड प्रविधिबाट भुक्तानी सेवा प्रधान कार्यालयसहित सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई निरन्तर रुपमा प्रदान गरिरहेको छ ।

क्यू आर कोडबाट वस्तु तथा सेवाको खरिद पश्चात ग्राहकले आफ्नो मोबाईलबाट क्यु आर कोड स्क्यान गरी बिल भुक्तानी गर्न सक्नेछन् । यसको लागि ग्राहकहरुले मोबाईल बैकिङको सुविधा भने लिनुपर्नेछ ।

संस्थाको सेवाकेन्द्रहरु दुलेगौँडा तनहुँ, भण्डारढिक र मोहोरियाका सदस्यलाई उनिहरुकै व्यवसायिक प्रतिष्ठानमा गई क्यू आर कोड वितरण गरिएको छ । गत साता मात्र संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले शेयर सदस्य भुवन बराललाई हस्तान्तरण गरि क्यू आर कोड अभियान शुरुवात गरे ।

क्यू आर कोड जडान भए पश्चात आफ्नो ग्राहकहरुमा भुक्तानी प्रणाली सहज हुनुका साथै नगद परिचालनमा सुरक्षित र प्रविधीमा फड्को मारेको आभास भएको भर्खरै मात्र क्यू आर कोड प्रणालीमा आवद्ध भएका रोजिना अफसेटका सञ्चालक कोपिला श्रेष्ठले बताए ।

“प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी” अभियान अन्र्तगत संस्थाले नगद रहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधीमा जोडेको हो ।

संस्थाले आगामी दिनमा प्रवधिलाई परिमार्जन गर्दै सदस्यहरुलाई वित्तीय कारोवार गर्न सहज र सरल हुने गरी कार्य गर्ने सूचना अधिकारी मीलन ढकालले बताए ।

प्रकाशित : १० भाद्र २०७८, बिहीबार १५:५७