घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि, ज्याला भने बढेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि, ज्याला भने बढेन



काठमाडाै । गत आर्थिक वर्षमा नेपालमा तीन दशमलव ६० प्रतिशतले मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार गएको आर्थिक वर्ष समग्रमा उपभोक्ता मूल्य वृद्धि साढे तीन प्रतिशतभन्दा धेरै कायम भएको हो।

तर घिउ तथा तेलको मूल्य साढे १७ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ५४ प्रतिशत, सुर्तीजन्य पदार्थको नौ दशमलव ८३ र यातायात उपसमूहको वार्षिक औसत मूल्य वृद्धि ६ दशमलव ४१ प्रतिशत रहेको छ । यद्यपि बजार मूल्य वृद्धि अनुसार कर्मचारी तथा मजदुरको तलब भने बढेको छैन ।

आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकांक १ दशमलव ६० प्रतिशतले मात्रै वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो सूचकांक ९ दशमलव ४३ प्रतिशतले वृद्धि भएको थियो । गएको वर्ष ज्यालादर सूचकांक ३ दशमलव ५६ प्रतिशतले वृद्धि भएकोमा तलब सूचकांक यथावत् रहेको छ ।

प्रकाशित : १० भाद्र २०७८, बिहीबार १८:०५