मनाङ मर्स्याङ्दीलाई टोयोटाको साथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

मनाङ मर्स्याङ्दीलाई टोयोटाको साथ



काठमाडौँ । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीलाई टोयोटा नेपालले प्रायोजन गरेको छ । टोयोटा नेपालको आधिकारिक बिक्रेता युनाइटेड ट्रेड मोटर्स (युटीएस)ले मनाङलाई दुई वर्षका लागि प्रायोजन गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच मनाङका महासचिव तेन्जिङ गुरुङ र युटीएसका बिजनेस रिसर्च एनालिस्ट सुर्यांश वैद्यले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टोयोटा नेपालले मनाङलाई दुई वर्षको २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । मनाङले क्लबको आधिकारिक जर्सीमा टोयोटालाई स्थान दिनेछ ।

घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङको मुख्य प्रायोजक नेपाल आयल निगम र किट्स पार्टनरको केटीएम सिटी रहेको छ ।

कार्यक्रमका मुख्य अतिथी बनेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ठूला व्यवसायिक घराना फुटबलमा पुनः फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले यस प्रकारको सम्झौताले फुटबलमा नयाँ आशा जगाएको बताए ।

यूटीएसका अध्यक्ष सुरज वैद्यले समय कठिन भएपछि अघि बढ्नुपर्ने उल्लेख गर्दै खेलकुदमार्फत विश्वलाई देश चिनाउन सकिने धारणा राखे ।

मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगको तयारी गरिहेको छ ।

यस वर्षका लिग कात्तिक २८ गतेबाट सुरु हुँदैछन् । लिगका लागि मनाङले खेलाडी अनुबन्धनको प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको बताएको छ ।

प्रकाशित : १० भाद्र २०७८, बिहीबार १८:२४