घामपावरसँग एनसेलको सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

घामपावरसँग एनसेलको सहकार्य



ncellकाठमाडाै,१२ साउन । मोबाइल सेवाप्रदायक एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका लागि नवीन सहकार्यको सुरुवात गरेको छ ।

यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यमबाट त्यहाँका स्थानीयलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित भएको छ ।

यो सहकार्यका लागि, एनसेलले घामपावर प्रालिसँग एक सम्झौता गरेको छ । यो सम्झौताअनुसार घामपावरद्वारा ओखलढुङ्गा र खोटाङमा स्थापना गरिएको तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेल प्रतिबद्ध रहेको बताइएको छ । जसले गर्दा घामपावरको यो अफग्रिड सिस्टमलाई लागू गर्न र दिगोपना दिन व्यवसायिक रुपमा संभव हुने दाबी गरिएको छ ।

यी लघु ग्रिडहरुसंग सौर्य उर्जा आपूर्तिको थप क्षमता पनि भएको हुनाले यो सहकार्यले स्थानीय समुदायहरुको विद्युतीकरणमा योगदान बाहेक नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको पनि सिर्जना हुने विज्ञप्तिमा उल्लेछ ।

सरकारको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा घामपावरले एसियाली विकास बैंकको ईनर्जी फर अलप्रोग्रामअन्र्तगत अनुदान सहयोग प्राप्त गरी यो सौर्य लघु ग्रिडको निर्माण गरेको हो । डिओइएन फाउन्डेशन र एनएमबि बैंकले पनि यो परियोजनामा सहयोग गरेका छन् । मोबाइल कम्पनीहरुको विश्वव्यापी संगठन जिएसएमएले पनि घामपावरलाई मोबाइल टावर, स्थानीय समुदाय र व्यवसायिक गतिविधिहरुका लागि उर्जा आपूर्ति गर्न सहयोग गर्ने हेतुले सौर्य लघु ग्रीड स्थापनार्थ गत वर्ष ‘मोबाइल फर डेभलपमेन्ट युटिलिटिज इनोभेसन्स् ग्रान्ट’ अर्थात बीउ पुँजी प्रदान गरेको थियो ।

यही सहकार्यअन्तर्गत एनसेलले खोटाङको च्यास्मिटार गाविसको बनपालामा र उदयपुरको लेखानी गाविसको घुर्मिमा गरी दुईवटा सौर्य उर्जाबाट संचालन हुने मोबाइल टावर स्थापना गरिसकेको छ । यी टावरहरुले खोटाङ र उदयपुर जिल्लाका ३१ गाविसहरुमा बसोबास गर्ने मानिरुलाई मोबाइल सेवाको पहुँच दिएको छ ।

‘अग्रणी सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिक भएका नाताले हामीले यसमा सबैलाई फाइदा हुने वातावरणको सिर्जना गर्दै विकट ग्रामीण समुदायको लाभका लागि यो अफ ग्रिड पावर सोलुसन्स्को प्रयास थालेको छौ।’ एनसेलका आईसीटी निर्देशक आन्द्रास पालीले भने–‘हामीले एंकर लोड लिने सुनिश्चित गरेका छौ । बाँकी उर्जा घामपावरले समुदायलाई घरेलु प्रयोजनका लागि तथा अन्य लाभदायी आर्थिक गतिविधिहरुका निमित्त वितरण गर्नसक्छ ।’

घामपावरसँगको यो सहकार्य एकदमै नौलो सुरुवात हो । एनसेलले अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाउँहरुमा दुरसंचार सेवामा पहुँच पुर्याउन आफै सौर्य उर्जामा लगानी गर्दै आइरहेको छ । हालसम्म कम्पनीको नेटवर्कमा ५.७७ प्रतिशत पूर्ण रुपमा सौर्य उर्जामा संचालन हुने टावर रहेको छ भने थप ८.५ प्रतिशतमा सोलार व्याकअफ सहितको हाइब्रिड पावर सोलुसन्स्बाट चल्ने टावर छ ।

‘अर्को तर्फ, यो सहकार्यले समाजलाई लाभकोसाथै, एनसेल र अफ ग्रिड पावर सेवा प्रदायक दुवैलाई फाइदा दिन्छ।’ पालीले भने । एनसेलले ग्रिड पावर पुग्न नसकेका भौगोलिक रुपमा गाह्रो क्षेत्रहरुमा यस्तै सहकार्य गर्दै टावरहरुको संख्यामा वृद्धि गर्न थप सम्भावनाहरू खोजी गर्ने बताएको छ ।

अहिले घामपावरले आफ्नो तीन लघु ग्रिडहरुबाट ३५ किलोवाट सौर्य उर्जा उत्पादन गरिरहेको छ । एनसेलका दुई टावर र स्थानीय समुदायलार्ई आपूर्तिपछि पनि घामपावरले अझै दुई दर्जन भन्दा बढी आर्थिक गतिविधिका लागि सौर्य ऊर्जा आपूर्ति गर्न सक्छ ।

‘एनसेलले एंकर लोड लिएको कारण हाम्रो व्यापार संरचना आर्थिक रुपमा संभव भएको छ।’ घाम पावरका  महाप्रबन्धक अञ्जल निरौलाले भने–‘हामी यो साझेदारीको लागिएनसेललाई धेरै धेरै धन्यवाददिन चाहन्छौ र यही व्यापार संरचना देशकाअन्य ठाँउहरुमा जहाँ राष्ट्रिय ग्रिडको पहुँचकम्तिमापाँचवर्ष भित्रपुग्दैन त्यस्तो क्षेत्रमालागु गर्ने आशामा छौ ।’

प्रकाशित : १२ श्रावण २०७३, बुधबार ०३:२८