सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला



काठमाडौं । सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको लागि आवेदन खुला भएको छ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।

बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २/२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको हो । छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा उपलब्ध भएको र यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरू तथा शैक्षिक सामग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगद वृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिने पनि बैंकले जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार १३:१७