ब्राइट साकाेसले यसरी मनायो स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

ब्राइट साकाेसले यसरी मनायो स्थापना दिवस



काठमाडांै । ब्राइट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमको उदघाटन राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल गरे ।

सो अबसरमा नेपालमा सबैभन्दा बढी रक्तदान (१६७ पटक)गर्ने रक्तसागर एवं आपतकालिन रक्तदाताका रुपमा चिनिनु हुने “नेपाल स्वयंसेवी रक्तदाता समाज”का अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको स‌ंस्थाका प्रबन्ध सं‌चालक लक्षमण न्याैपानेले जानकारी दिए ।

सो अवसरमा संस्थाका संस्थापक सदस्यहरु मध्ये संस्थापक सदस्य विनोद गिरी र नवराज के.सी.लाई सम्मान पत्र र खादा ओढाई सम्मान गरिएको थियो ।

साथै सदस्य भक्त हमाल नेपाल उद्योग बाणिज्य संघको सदस्य निवाचित हुनुभएकोमा सम्मानित गरिएको थियो।संस्थाले हरेक बर्ष भदाै १४मा आफ्नो स्थापना दिवस मनाउदै आएको छ ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलवार १२:०७