अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने



काठमाडौ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ ।


यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक रु. २५,००० र दिनको रु. १,००,००० सम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसै गरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा रु. २,५०,००० सम्मको रकम बिना कुनै सेवा शुल्क खल्ती बाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ ।


खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलवार १४:३३