आर्थिक पत्रकारलाई चुनावी चटारो, कसले मार्ला बाजी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आर्थिक पत्रकारलाई चुनावी चटारो, कसले मार्ला बाजी ?



काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा क्लिकमाण्डु डटकमका सम्पादक आशिष ज्ञवाली, नेपाल लाइभ टुडेका सम्पादक शिरोमणी ढुंगाना र नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख जनार्दन बरालले उम्मेद्वारी दिएका हुन् ।

सेजनको शुक्रबार हुने २२ औं वार्षिक साधारणसभा तथा अधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली बिहीबार प्रकाशित गरेको हो ।

जसनुसार उपाध्यक्षमा दुई जनाले उम्मेद्वारी दिएका छन् । उपाध्यक्षमा सुजन ओली(क्यापिटल नेपाल डटकम) र कृष्ण रिजाल (नयाँ पत्रिका दैनिक)ले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै, महासचिवमा भागवत भट्टराई (शिलापत्र डटकम) र विनय बञ्जारा (अर्थपथ डटकम)ले उम्मेद्वारी दिएका छन् ।

सचिवमा एलिजा उप्रेती , हिमाल पौडेल र हिमा विकले उम्मेद्वारी दिएका छन् भने कोषाध्यक्षमा लक्ष्मी सापकोटा, कमला अर्याल र सुजन ढुंगानाले उम्मेद्वारी दिएका छन् ।

यसैगरी, सदस्यमा अच्युत पुरी, शोभित थपलिया , इशारा कोइराला,अमर बडुवाल, चेतबहादुर अधिकारी (सीबी) र शंकरप्रसाद पण्डितले उम्मेद्वारी दिएका छन् ।

शुक्रबार काठमाडौँको वानेश्वरस्थित इन्दे्रणी फुडल्याण्डमा बिहान ८ः३० बजेदेखि साधारण सभा, त्यसपछि अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम हुने सेजनले जनाएको छ ।

प्रधानदेखि गाैतमसम्म

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधान हुन् । प्रधानपछि गजेन्द्र विष्ट अध्यक्ष भए । बिष्टपछि गोपाल तिवारी सेजनको अध्यक्ष भएका थिए । तिवारीपछि अध्यक्ष भएका विजय घिमिरे हाल अमेरिकामा छन् । घिमिरेपछि अध्यक्ष किरण नेपाल भए । नेपालपछि अध्यक्ष भएका नारायण सापकोटा हाल अमेरिका छन् ।

सापकोटा पछिका अध्यक्ष बनेका प्रदीप चापागाई हाल नेपाल टेलिभिजनमा कार्यरत छन् । चापागाई पछि अध्यक्ष बनेका विज्ञान अधिकारी बिजमाण्डूमा कार्यरत छन् । त्यस्तै अधिकारी पछि गोकर्ण अवस्थी अध्यक्ष बने । अवस्थी पछि पुष्पराज आचार्य अध्यक्ष बने । अहिलेका अध्यक्ष भिम गाैतम काराेबार दैनिकमा कार्यरत छन् ।

प्रकाशित : १७ भाद्र २०७८, बिहीबार २२:३७