सिजेएनले यसरी मनायो ११ औं स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

फोटो फिचर

सिजेएनले यसरी मनायो ११ औं स्थापना दिवस



काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।


कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमुलक समाचार सम्पे्रषण गर्नुपर्ने बताए । सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उनले बताए ।

‘सहकारीले तीन खम्बे अर्थनीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने । सत्थ्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले निश्पक्ष ढगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताए ।


राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले सञ्चारमाध्यमकको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताए । ‘सहकारीका सबै खाले समाचारले सहकारी प्रवद्र्धनमा सहयोग पुग्छ’, उनले भने,‘सहकारीले खोजमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्छ ।’


नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव तुलसी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी श्रेष्ठले स्वागत गरेका थिए ।


कुँवरलाई सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार, पोखरेललाई संस्थापक सम्मान


नेपाल सहकारी पत्रकार समाजको ११ औं स्थापना दिवसको अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ ।

सिजेएनकी सदस्य कुँवरले सहकारी क्षेत्रमा रचनात्मक कलम चलाएवापत पुरस्कृत गरिएको हो । त्यस्तै सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको थियो ।

प्रकाशित : १९ भाद्र २०७८, शनिबार १९:४३