घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडाै । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकाे हाे ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ । यस्तै चाँदी १२ सय २० रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार १२:०८