जेष्ट आइडियोलोजी साकोसले यसरी गर्दैछ साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जेष्ट आइडियोलोजी साकोसले यसरी गर्दैछ साधारणसभा



काठमाडाैं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको १२ औं बार्षिक साधारण सभाको समापन असोज १५ मा हुने भएको छ ।

संस्थाले असोज ११ गते देखि सदस्य सहभागीता गराउने र १५ गते समापन सभा गर्ने सूचना प्रकाशन गरेको छ । संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्र मैतिदेवी, काँडाघारी कार्यालयमा उपस्थिति जनाउन सकिने सूचनामा उल्लेख छ ।

सभामा लाभांश बितरण, कोष बाँडफाँड, संस्थाको भवन निर्माण तथा घर जग्गा खरिद बिक्रिको विषय प्रस्ताव पेश गर्ने भएको छ । त्यसैगरी संस्था एकिकरण, विनियम संसोधनलगायतका विषयमाथि छलफल हुने हुनाले सदस्यहरुले प्रतिवेदन अध्ययन गरी सल्लाह सुझाव पेश गर्न अनुरोध गरिएको छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहीबार २०:४१