निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल



काठमाडौं । विश्व विद्युतीय गाडी दिवस अर्थात वर्ल्ड ईभी डेको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावना भएको निसानको भनाइ छ । नेपाल सरकारको अग्रगामी चिन्तनको नीति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको छ ।

निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ ईभी प्रारंभिक चरणमा विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैया उपलब्ध गराएको छ । निसान लिफ ईभी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो ।

निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पु¥याई सकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजनसँग गर्न सकिन्छ ।

निसान इण्डिया अप्रेशनका अध्यक्ष सिनान ओजकोक भन्छन् – हाम्रो उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको छ । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको हो । यस क्षेत्रका सरकारहरु पनि क्लिन इनर्जी लक्ष्य प्राप्त गर्न लागिपरेका छन्, जसलाई हामीले विगत ७० बर्ष देखि विद्युतीय सवारी साधन उपलब्ध गराएर सहयोग पु¥याई रहेका छौं ।

शून्य प्रदुषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्त्तरयुक्त सवारी साधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो ७.९ सेकेण्डमा १०० किमी प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पिड १४० किमी प्रतिघण्टा छ । यसकोे संचालन खर्च सा-है कम छ ।

निसानको साउथ एशिया बिजनेस युनिटका निर्यात प्रमुख रघुनाथ नायर भन्छन् – समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ ईभी अति उपयोगी छ र हामीले दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेका छौं । विश्वका सरकारहरु वातावरणप्रति सचेत रहेका छन् र कार्वन उत्सर्जन विरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्त होस् भन्ने धारणा राख्दछन् ।

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले प्रारम्भिक मुल्य ५९.९९ लाख कायम गरेको बताएका छन् । बजारबाट राम्रो प्रतिक्रिया पाएको हुनाले निसान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भाद्र २८ गते देखि काठमाडौंस्थित शोरुमहरुमा साताव्यापी टेष्ट ड्राइभको व्यवस्था गरेको उनले बताए ।

निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् । आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार ०७:३५