पुरानै आर्थिक विधेयक कार्यान्वयनमा लैजाने तयारीमा देउवा सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पुरानै आर्थिक विधेयक कार्यान्वयनमा लैजाने तयारीमा देउवा सरकार



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको छ । नयाँ सरकार अध्यादेश बजेटलाई नै स्विकार्ने निष्कर्षमा पुगेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्मा अध्यादेश बजेटमा हेरफेर गर्ने ठाउँ नभेटेपछि सामान्य संशोधन सहित पुरानै आर्थिक विधेयक कार्यान्वयनमा लैजाने तयारीमा लागेका हुन्।

प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार ०८:४९