आइतबार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

आइतबार सार्वजनिक बिदा



कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आइतबार (२७ भदौ) सार्वजनिक बिदा दिने निर्णय गरिएकोछ ।

थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठकाे निर्णयअनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अट्वारीको लागि २७ भदौमा एक दिन बिदा दिने निर्णय गरिएको हो ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १५:५१