बजेटको आकार घट्यो (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बजेटको आकार घट्यो (पूर्णपाठ)

नयाँ बजेट- १६ खर्ब ३२ अर्ब ८३ करोड



काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ । प्रतिस्थापन विधेयक मार्फत देउवा नेतृत्वको सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको हो ।

नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १६:४५