अब फेसबुक र युट्युबबाट हुने आम्दानीको कर तिर्नु पर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब फेसबुक र युट्युबबाट हुने आम्दानीको कर तिर्नु पर्ने



काठमाडाै । सरकारले अनलाइन तथा युट्युव र फेसबुकलगायतका सामाजिक सञ्जालाबाट हुने आम्दानीलाई समेत करको दायारामा ल्याएको छ ।

प्रतिस्थापन विधयेक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक संजालबाट हुने आम्दानीमा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था गरेका हुन् ।

जस अनुसार व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल हुने छ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १७:४६